ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १२:१२:०० मा प्रकाशित
काठमाडाैं । ट्रक पल्टिदा च्यापिएर प्रहरी जवानकाे मृत्यु भएकाे छ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहामा आइतबार राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वीसी रहेकी प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहामा मोड्ने क्रममा पल्टिदा बीसी च्यापिएकी थिइन् । घाइते भएकी वीसीको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो ।
गएराती १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस