गाउँ सहर

मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु

काठमाडाैं । मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ । धादिङको सिद्धलेक गाउँपालीका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको हाे । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–१ का अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देल रहेका छन् । 

नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत