काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हाे ।
समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएकाे छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस