खेल
ओमानद्वारा ७ विकेटले यूएई पराजित, नेपाल र आयरल्याण्ड भिड्दै
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडाैं । चार देशीय टी–२० क्रिकेट श्रृंंखलाको पाँचौ खेलमा आयोजक ओमानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ ।
अल अमेरात क्रिकेट मैदानमा १६५ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १९ ओभर तीन बलमा पुरा गरेकाे हाे ।
ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ६९ जोडे ।
शोएब खानले ३४ रनको योगदान दिए । यूएईका कासिफ दाउद र बसिल हमिदले एक एक विकेट लिएका छन् ।
याे भन्दा अगाडि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो । मोहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए । ओमानका आमिर कलिमले सर्वाधिक ५ विकेट हात पारे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस