राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा सम्पन्न
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | १२:५१:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा उनले यस स्थललाई पूर्वीय दर्शनको अध्ययन अध्यापन गराउने स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । शान्ति आश्रमसँगै यहाँस्थित राधाकृष्ण मन्दिर र गुरुकुललाई एकसाथ अघि बढाउनुपर्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले मन्दिर, आश्रम र गुरुकुललाई एक आपसमा समन्वय गर्दै अघि बढाउनुपर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गुरुकुल, मन्दिर र आश्रम एकअर्काका परिपुरक भएको बताउँदै यी तीनवटै संस्थाको विकास गर्नुपर्ने बताए ।
अवसरमा राधाकृष्ण मन्दिरमा विशिष्ट योगदान गरेको भन्दै मन्दिर व्यवस्थापन समितिका पूर्व सदस्य दिव्यरमण अर्याल, पूर्व सह अध्यष कृष्णप्रसाद अधिकारी र पोखरा–२५ स्थायी बसोवास भई हाल राधाकृष्ण मन्दिरमा बसोवास गर्दै आएकी धर्मदाशी अधिकारीलाई सम्मान गरिएको थियो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम सञ्चालन समितिका सह अध्यक्ष गणेशबहादुर केसीको अध्यता एवम् सचिव घनश्याम खनालले सञ्चालन गरेको कार्याक्रममा समितिका उपाध्यक्ष मिलाकुमारी थापाले स्वागत गरेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस