बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति फेला
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | १०:४०:०० मा प्रकाशित
काठमाडाैं । बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति फेला परेको छ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको हाे । मुर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेवमा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
मूर्ति फेला परेको कुरा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले आजै हस्तान्तरण गर्दैछ । अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ ।
बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीका लागि स्थानीय जनप्रतिनिधी तथा उर्जा मन्त्री पम्फा भुसालले चासो देखाएकी थिइन् । मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई मन्त्री भुसाल सहितका त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्रनै बुझाएको थियो ।
भुसालको नेतृत्वमा पुगेको जनप्रतिनिधीको टोलीले गृहमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको थियो, – कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तवरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासीहरू जोडदार माग गर्दछौँ ।
मूर्ति फेला परेपछि मन्त्री भुसालले सामाजिक सन्जालवाट खुसी ब्यक्त गरेकी छिन् । उनले नेपाल प्रहरीलाई धन्यवाद समेत दिएकी छिन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस