बिहीबार सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्ने
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १२:५३:०० मा प्रकाशित

काठमाडाैं । सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । बिहीबार सरकारले चालु आर्थिक वर्ष २०७८-७९ को छ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म बजेटको खर्च तथा राजस्व परिचालनको अवस्थाबारे समीक्षा गर्ने भएको हो ।
सेाही विषयमा छलफलका लागि अर्थमन्त्रालयले आज दिउँसो २ बजेका लागि मन्त्रालयमा नै बैठक बोलाएको छ ।
ओली नेतृत्वको सरकार वहिर्गमनमा परेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिना वितिसक्दा (आजसम्म) कुल बजेटको जम्मा ३५.८३ प्रतिशत अर्थात् ५ अर्ब ८५ करोड ४ लाख २८ हजार मात्र (चालु,पुँजीगत र वित्तीय व्यवस्थापन) खर्च भएको जनाएको छ ।
राजस्व परिचालन तर्फ कुल ११ खर्ब ८० अर्ब ६० करोडको लक्ष्य राखेको सरकारले हालसम्म ६ खर्ब ५ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ उठिसकेको जनाएको छ । जुन ५१ प्रतिशत हुन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस