काेराेना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १६:१०:०० मा प्रकाशित

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको हाे । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।
माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमै राखिएको थियो । त्यसपछि बालककाे एक पटक पनि होस नआएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बालकलाई नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा रिफर गरिएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । चेकजाँचका क्रममा उनमा कोभिड निमोनिया देखिएको अस्पतालले जानकारी दिएकाे छ ।
शुरुमा उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई वान्ता भएको र वान्ता सर्किएर श्वासनली हुँदै फोक्सोसम्म पुगेको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जनाएका छन् ।
डा. सिंहले भने ‘एकातिर कोभिड निमोनिया, अर्कोतिर एस्पिरेसन निमोनिया पनि थियो’ । ‘सकेको प्रयास ग¥यौं तरपनि बचाउन सकेनौं ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस