गृहमन्त्री खाँणद्वारा २०६ बुँदे गृह प्रशासन सुधार योजना सार्वजनिक
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १६:१५:०० मा प्रकाशित
काठमाडाैं । ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक भएकाे छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका हुन् । आज सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका छन् ।
मन्त्रीको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी रहेकाे छ । त्यसबारे नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले काम गरिरहेको छ ।
अध्यागमन नीति तर्जुमा गरेर लागू गर्ने मन्त्रालयको योजना छ । गृह मन्त्रालयले निश्चित मापदण्ड पुरा गरेर स्थानीय तहबाटै नागरिकता वितरण गर्ने योजना सार्वजनिक गरेको छ । गृह प्रशासन सुधार योजना सार्वजनकि कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले भने,‘स्थानीय तहबाटै नागरिकता सेवा दिन कानुनी प्रक्रिया शुरु गरिनेछ’ । 'त्यो सेवा दिनका लागि प्रक्रियागत व्यवस्थापनमा लाँदैछौँ ।’
प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने मन्त्रालयको योजना छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्ने योजना सार्वजनिक गरिएको । लागुऔषध नियन्त्रणका लागि हरेक जिल्लामा लागुऔषध सचेतना केन्द्र सञ्चालन गर्ने मन्त्रालयको योजना रहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस