माओवादीप्रति बाबुराम भट्टराईकाे टिप्पणी : ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद !’
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | ०८:२६:०० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे दाेहाेराे चरित्रप्रति कडा टिप्पणी गरेका छन् ।
भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले एमसिसीलाई गिजोलिएको पनि उनले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र आइतबार बाहिरिएको थियो ।
उक्त पत्रमा एमसिसी अनुमोदन गर्न केही समय लाग्ने र आफूहरू एमसिसीकै पक्षमा रहेको दुवै नेताले उल्लेख गरेका थिए ।
तर माओवादीभित्र एमसिसीलाई अघि बढाउने कि नबढाउने भन्नेमा एकमत छैन ।
नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै बन्दैन, एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’, भट्टराईले लेखेका छ्न् ।
यसैबीच प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार बालुवाटारमा एमसिसीलगायत विषयमा दुई घन्टा छलफल भएको थियो ।
उक्त छलफलमा प्रचण्डले चुनावपछि मात्रै एमसिसी अघि बढाउने प्रस्ताव गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस