आजदेखि लागू भएकाे नयाँ आदेश : काठमाडाैं उपत्यकामा के निषेध, के खुला
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | ०८:०५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।
आइतबार मध्यराति १२ बजेदेखि नयाँ आदेश लागु भइसकेको छ । नयाँ आदेशमा पनि यसअघिको जस्तै सबै प्रकारका आमसभा, जुलुस, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसको भिडभाड हुने अरू कार्यहरू गर्न रोक लगाइएको छ ।
सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन । चालक, सहचालक र सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।
पीसीआर परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल, भेटघाट र बैठक गर्न पाइँदैन ।
जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र पाँच दिनपछि कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने आदेशमा उल्लेख छ ।
मापदण्ड पूरा गरेर गर्न पाइने क्रियाकलाप
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एकपटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न, गराउन सकिनेछ ।
नयाँ आदेशसँगै सवारीसाधानको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाइएको छ ।
विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी आउँदो फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ । तर, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्नेछ ।
सबै किसिमका परीक्षाहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी/गराई जेड आकारमा सिट व्यवस्थापन गरी फागुन १ देखि सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।
डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी राति १० बजेमा नबढ्ने गरी फागुन १ देखि सञ्चालन गर्न सकिनेलगायत आदेश गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस