राजनीति
बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १६:३४:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री देउवाको आह्वानमा केहीबेरअघि बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो । बैठकमा एमसीसी, स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले महासचिव शंकर पोखरेल सहभागी छन् ।
प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार गएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस