स्वास्थ्य

काेराेना अपडेट : मुलुकभर १३८६ जनामा संक्रमण पुष्टि, ८७०४ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । 

यस्तै ११ जनाले कोरोनाबाट ज्यान समेत गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेकााे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आइतबार ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएका छन्हा । हाल देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ६ हजार ४४३ पीसीआर तथा २ हजार ८०८ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता