प्युठान दुर्घटना : बेहुलाबेहुली बाँचे तर सँगै गएका ८ जना आफन्तजनको ज्यान गयाे
- गाउँ सहर संवाददाता
- २२ माघ शनिबार, २०७८ | ११:४८:०० मा प्रकाशित
काठमाडाैं । प्यूठानमा भएको जिप दुर्घटनामा मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । शनिबार बिहान नौबहिनी गाउापालिकाको लुङबाट गौमुखि गाउापालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा ओखरपाटामा ग १ज ५०९२ नम्बरको जिप दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी रहेका छन् । बेहुला र बेहुली भने घाइते भएका छन् ।
बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ । त्यस्तै बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
बेहुली लिएर आएको सो जीप बेहुलाको घर आउन करिब १ किमी नजिकमा दुर्घटनामा परेको हो । चिप्लाे बाटो अनि रातीको समय भएकाले यस्तो भएको हुनसक्ने आंकलन गरिएकाे छ । ८ जनाले ज्यान गुमाएपछि यतिबेला गौमुखी गाउँपालिका नै स्तब्ध भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस