प्युठान दुर्घटना : बेहुलाबेहुली बाँचे तर सँगै गएका ८ जना आफन्तजनको ज्यान गयाे
- गाउँ सहर संवाददाता
- २२ माघ शनिबार, २०७८ | ११:४८:०० मा प्रकाशित

काठमाडाैं । प्यूठानमा भएको जिप दुर्घटनामा मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । शनिबार बिहान नौबहिनी गाउापालिकाको लुङबाट गौमुखि गाउापालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा ओखरपाटामा ग १ज ५०९२ नम्बरको जिप दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी रहेका छन् । बेहुला र बेहुली भने घाइते भएका छन् ।
बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ । त्यस्तै बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
बेहुली लिएर आएको सो जीप बेहुलाको घर आउन करिब १ किमी नजिकमा दुर्घटनामा परेको हो । चिप्लाे बाटो अनि रातीको समय भएकाले यस्तो भएको हुनसक्ने आंकलन गरिएकाे छ । ८ जनाले ज्यान गुमाएपछि यतिबेला गौमुखी गाउँपालिका नै स्तब्ध भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस