विद्यालय सञ्चालका लागि सहजीकरण गर्न कास्कीका निजी विद्यालयको प्रशासनलाई आग्रह
- गाउँ सहर संवाददाता
- २१ माघ शुक्रबार, २०७८ | ०९:५५:०० मा प्रकाशित

पोखरा । कास्कीका निजी विद्यालय सञ्चालकले विद्यालय सञ्चालनका लागि सहजीकरण गरिदिन सम्बन्धित प्रशासनसँग आग्रह गरेका छन् ।
प्याव्सन कास्की, नेशनल प्याव्सन कास्की, हिसान कास्की र युनिप्स नेपालले सम्वन्धित प्रशाशनमा ज्ञापन पत्र सहित विद्यालय सञ्चलनका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् ।
जिल्ला प्रशाशन कार्यालय कास्की, शिक्षा विकास तथा समन्वय इकाई कास्की, पोखरा महानगर पालिका, पोखरा महानगर पालिकाको शिक्षा महाशाखा र स्वास्थ्य महाशाखामा संस्थाका प्रमुखहरुपुगी ज्ञापन पत्र पेश गरेका हुन् ।
भौतिकरुपमा शैक्षिक संस्था सञ्चालन हुँदै गर्दा विद्यार्थीको पठन पाठनमा सुधार आएको तर पुनः बन्द भएका प्रत्यक्ष शिक्षण सिकाइबाट वञ्चित भएका कारण विद्यार्थीलाई भौतिकरुपमा उपस्थिति जनाई पठन पाठन सहज गराउन ज्ञापन पत्रमार्फत उनीहरुले आग्रह गरे ।
लामो समयसम्म विद्यालय बन्द रहँदा शिक्षण सिकाइमा असर पर्ने, बैकल्पिक विधिबाट गरिएको पठनपाठनबाट विद्यार्थीको शैक्षिक, सामाजिक, मानसिकलगायत संवेगात्मक विकासमा प्रत्यक्ष प्रभाव परेको, बजार क्षेत्र प्रायः सबै खुलेकाले अभिभावकको चाहान पनि विद्यालय खुल्न दवाव दिएको, विद्यालयसँग सरोकार र विद्यार्थीले खोप लगाइसकेकाले पनि विद्यालय खोल्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।उनीहरुले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न तयार रहेको उल्लेख गरेका छन् ।
ज्ञापन पत्र वुझ्दै जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसी, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले सवैसँगको समन्वयमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न तयार रहेको बताएका थिए ।
प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, हिसान कास्कीका अध्यक्ष याम रोक्का, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ, प्याव्सन कास्कीका सचिव पुष्पराज पराजुली, युनिप्स नेपालका उपाध्यक्ष विनोद नेपालीको टोली पुगी ज्ञापन पत्र पेश गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस