गाउँ सहर
लागु औषध खैरो हेरोइन सहित दुई जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १५:१३:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ घर भएका २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
बसपार्कस्थित चौलागाई होटलबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आरोपीहरुमाथि लागू औषध मुद्दामा म्याद लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस