स्वास्थ्य

काेभिड अपडेट : मुलुकमा पछिल्लाे २४ घण्टामा ३६३७ जना संक्रमित थपिए, ७५५५ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । मुलुकमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार बुधबार ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ६ हजार ४९९ पीसीआर तथा ५ हजार ८३ एन्टिजेन परीक्षण गरिएकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता