आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंक नाफामा, रैपनि भन्छन्- ऋण दिन सक्दैनाैं
- गाउँ सहर संवाददाता
- १३ माघ बिहीबार, २०७८ | ०८:०४:०० मा प्रकाशित
काठमाडौँ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ । तरपनि ऋण प्रवाह गर्न नसक्ने अवस्थामा रहेकाे उनीहरू बताइरहेका छन् । उनीहरूले याे आवकाे सुरूवातबाटै यस्ताे परिपत्र हरेक शाखामा गरेका छन्, जुन अहिलेसम्म सुधार देखिएकाे छैन ।
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशमलव १० प्रतिशतले वृद्धि भएर रू. ३४ अर्ब २१ करोड पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी वाणिज्य बैंकको कुल नाफा रू. ३१ अर्ब ७ करोड रहेको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा १६ ओटा वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छन् । तीनओटा बैंकको नाफा २ अर्बमाथि पुगेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ६६ करोड नाफा कमाएको छ ।
त्यस्तै नाफा बढी कमाउने दोस्रो स्थानमा एनआईसी एशिया जसले रू. २ अर्ब ४० करोड र तेस्रोमा नबिल बैंक जसले रू.२ अर्ब १८ करोड कमाएकाे छ ।
पछिल्लो समय उद्योगधन्दा र कलकारखाना कोभिड–१९ का कारण धराशयी हुँदै जाँदा वाणिज्य बैंकहरूको नाफा बढ्दै गएकाे परिपेक्षलाइ विज्ञहरू अस्वाभाविक मान्छन् ।
चालू आवको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले उक्त अवधिमा रू. ५० करोड ४० लाख मात्र नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको नाफा रू.२० करोड २८ लाख थियो ।
त्यसैगरी कम नाफा वृद्धि गर्ने दोस्रो स्थानमा सिद्धार्थ बैंक र तेस्रो स्थानमा सेन्चुरी कमर्शियल बैंक रहेका छन् ।
सिद्धार्थले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा ७१ दशमलव ६८ प्रतिशतले नाफा वृद्धि गरेको छ । सेन्चुरी कमर्शियल बैंकले पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमासम्ममा ५४ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ ।
उता चालू आवको दोस्रो त्रैमासम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा प्राइम कमर्शियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् ।
सबैभन्दा बढी नाफा घट्नेमा कुमारी बैंक लिमिटेड रहेको छ । यो बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासम्ममा यो बैंकको नाफा घटेर रू. ९५ करोड १७ लाखमा सीमित भएको छ ।
त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा प्राइम कमर्शियल बैंकको ७ दशमलव ४३ प्रतिशत, प्रभु बैंकको १६ दशमलव ९० प्रतिशत, एभरेष्ट बैंकको १२ दशमवल ७९ प्रतिशत, नेपाल बंगलादेश बैंकको १३ दशमलव ८२ प्रतिशत र सनराइज बैंकको २१ दशमवल ४७ प्रतिशतले नाफा घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस