गाउँ सहर

६० वर्षीय बुबाले गरे छाेराकाे हत्या

काठमाडाैं । बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा सिरहामा बुवाले छोराको हत्या गरेका हुन् । मंगलबार बिहान सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ । 

६० वर्षीय बुबा सोनाई सदायले बञ्चरो प्रहार गरी २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।

घरायसी विवादमा दुबै जनाबीच विवाद हुँदा घटना घटेको प्रहरीले बताएकाे छ ।

घटनामा बन्चरो प्रहार गर्ने बुवा सोनाईलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएकाे प्रहरीले जानकारी दिएकाे छ । 

गाउँ सहर संवाददाता