२०७९ चैतमा स्थानीय निर्वाचन गर्ने सत्तागठबन्धनको तयारी
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | १०:३२:०० मा प्रकाशित

काठमाडाैं । निर्वाचन आयोगले आगामी बैशाखमै निर्वाचन गराउन मिति सहित प्रस्ताव गरिसकेको सन्दर्भमा त्यसको वेवास्ता गदैं गठबन्धन दलले अर्काे चैतमा मात्र निर्वाचन गर्ने तयारी सहित कानुन संशोधनको गृहकार्य शुरु गरिसकेको छ ।
आगामी जेठ ६ को दुई महिना अगाडी नै स्थानिय तहको निर्वाचन गर्नुपर्ने भएपनि सत्ता गठबन्धनले स्थानिय तहको निर्वाचन झण्डै एक वर्ष पछि धकेल्ने तयारी थालेको छ । त्यसका लागि संविधान अनुसार वाझिएका कानुन संशोधनका नाममा सत्ता गठबन्धन दलले निर्वाचनलाई धकेल्ने षडायन्त्र शुरु गरेका हुन् । त्यसका लागि आइतबार आफु निकटका कानुनब्यवसायीहरुसाग परामर्श समेत थालिसकेको छ ।
२०७९ को माघ सम्ममा केन्द्रको चुनाव गर्ने र त्यसपछि चैतसम्ममा स्थानिय तहको चुनाव गराउने विषयमा करिव सत्ता गठबन्धन दलमा सहमति जुटेको नेताहरुको भनाई छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानिय तहको चुनाव अगाडी केन्द्र र प्रदेशको चुनाव गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री शेरवहादुर देउवा पनि करिव सहमतिमा पुगेपछि स्थानिय तहको चुनाव एक वर्ष धकेल्ने षडयन्त्रमा सत्तागठबन्धन दल पुगेका हुन् ।
पहिले केन्द्र र प्रदेशको चुनाव गरेर मात्र स्थानिय तहको चुनाव गराउने रणनीति अनुसार सत्तागठबन्धन दल अगाडी वढेका हुन् ।
प्रधानमन्त्री देउवा स्थानिय तहको चुनाव गरेर केन्द्रको चुनाव गर्दा आफनो नयाँ चुनाव पछि फेरि सरकारमा आउने वाटो खोल्न सकिन्छ सकिदैन भन्ने लेखाजोखामा रहेका कारण पनि उनी स्वंयम स्थानिय चुनाव धकेल्ने वाहानावाजीमा लागेका छन् ।
संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ । गठबन्धन दलका नेताहरु ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन धकेल्ने प्रयासमा जुटेका हुन् ।
ऐनको दफा ३ मा भने पदाधिकारीको कार्यकाल सकिनु दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
माहारोगी हो जहिले गर्छौ गर नाटक कम गर , संविधानको संरक्षण चाहि गर ठुलो कुरो नगर
प्रतिकृया दिनुहोस