काठमाडौँ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा सुशिल भट्टराई नियुक्त भएका छन् ।
निगमका नायव कार्यकारी निर्दशक रहेका भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर अघिल्लो साता अवकास भएपछि निगम नेतृत्वविहीन रहेको थियो ।
सरकारले कार्यकारी निर्देशकका लागि विज्ञापन आह्वान गरपनि छनौट प्रक्रिया पुरा नभएकाले नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
निगमका विभिन्न पूर्वाधार आयोजना सहित नेपालको पहिलो पेट्रोलियम पाइप लाइन आयोजना सम्पन्न गर्न भट्टराईले मुख्य भूमिका खेलेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस