नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त, काे हुन् उनी ?
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | २१:२३:०० मा प्रकाशित

काठमाडाैं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलको कार्यकाल पूरा भएपछि रिक्त पदमा खुला प्रतिस्पर्धाबाट इच्छुक व्यक्तिहरूको आवेदन मागिएको थियाे ।
उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरेकाे थियाे ।
कार्यकारी निर्देशक छनोट समितिको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरेको थियाे । निगम एमडी छनोट समितिले हिजो बुधबार बेलुका तीन जनाको नाम सिफारिस गरेको हो । इन्जिनियर उमेशप्रसाद थानी, डा.चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियाे ।
को हुन् थानी ?
स्थायी घर सुर्खेत भएका उमेशप्रसाद थानी पूर्वऊर्जा मन्त्री जनार्दन शर्माको कार्यकाल अर्थात् २०७४ सालको शेरबहादुर देउवा सरकारका पालामा विद्युत् प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए । उनले करिब २ वर्ष सञ्चालकको जिम्मेवारी सम्हालेर २०७६ कात्तिक ३ गते व्यक्तिगत कारण देखाई तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमक्ष राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने थानीले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेका थिए ।
उनी त्यसअघि नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए । साथै, केही समय सडक बोर्ड नेपालको सञ्चालक समेत रहेका थिए । थानी हाल कांग्रेस निकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस