यी हुन् काेराेना संक्रमित व्यक्तिले नि:शुल्क उपचार पाउने मुलुकभरका अस्पतालहरू
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १७:०७:०० मा प्रकाशित
काठमाडाैं । पछिल्ला दिन दिनहुँ देशभरि सङ्क्रमण पुष्टि हुने बढिरहेको छ ।
मंगलबार अर्थात पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार ८२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।
सक्रिय सङ्क्रमितमध्ये काठमाडाैं उपत्यकामा सबैभन्दा धेरै छन् । काठमाडाैं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।
अहिले देशभर ३७ हजार ८२६ जना होम आइसोलेसनमा र एक हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५१ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड–१९ केअर यूनिट सञ्चालन गरी कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई निःशुल्क उपचारको प्रबन्ध गरिएको बताएको छ ।
कोभिड पुष्टि भएका बिरामीले सरकारले तोकेका अस्पताल वा आइसोलेशन सेन्टरमा नि:शुल्क सेवा पाउनेछन् ।
त्यसरी सङ्क्रमित भएर आइसोलेशनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार नि:शुल्क हुनेगरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन देखा परेपछि सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेका बेला सरकारले विगतमा जस्तै कोभिड भएका बिरामीको उपचार नि:शुल्क गर्ने निर्णय यसै साता गरेको हो।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा नि:शुल्क सेवा दिने अस्पतालको सङ्ख्या विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले काठमाडाैं उपत्यकामा रहेका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, एम्बुलेन्सको उपलब्धताबारे जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयको ११३३ हटलाइन नम्बरमा जानकारी दिन सकिने जनाएको छ।
यी हुन् सङ्क्रमित व्यक्तिले नि:शुल्क उपचार पाउन तोकिएका अस्पताल :
प्रदेश नं १
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
- कोशी अस्पताल
- मेची अस्पताल
- इलाम अस्पताल र
- जिल्ला अस्पतालसहित १४ वटा अस्पताल
मधेश प्रदेश (प्रदेश नं २)
- नारायणी अस्पताल
- प्रादेशिक अस्पताल जनकपुर
- गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित सात अस्पताल
बागमती प्रदेश
- वीर अस्पताल
- सिभिल अस्पताल
- शिक्षण अस्पताल महाराजन्ज
- शहीद गङ्गालाल मुटु रोग अस्पताल
- जनमैत्री अस्पताल
- किस्ट अस्पताल
- नेपाल मेडिकल कलेज
- धुलिखेल अस्पताल
- भक्तपुर अस्पताल
- नेपाल कोरिया मैत्री हस्पिटल
- नेपाल प्रहरी अस्पताल
- श्री वीरेन्द्र अस्पताल
- मनमोहन अस्पताल
- सशस्त्र प्रहरी बल अस्पताल
- राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र
- आनन्दवन अस्पताल
- मानसिक अस्पताल
- चापागाउँ अस्पताल
- शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल र
- पाटन अस्पताल
गण्डकी प्रदेश
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
- सङ्क्रामक रोग अस्पताल कास्की
- धौलागिरि अञ्चल अस्पताल
- मध्यबिन्दु अस्पताल
- बेनी अस्पताल र
- दमौली अस्पताल
लुम्बिनी प्रदेश
- लुम्बिनी प्रादेशिक अस्पताल
- भेरी अस्पताल
- बेलझुन्डी कोभिड विशेष अस्पताल
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
- नेपालगन्ज सैनिक अस्पताल र
- कपिलवस्तु अस्पतालसहित आठवटा अस्पताल
कर्णाली प्रदेश
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
- प्रदेशका सबैजसो जिल्ला अस्पताल
सुदूरपश्चिम प्रदेश
- सेती प्रादेशिक अस्पताल, धनगढी
- महाकाली अस्पताल,
- टीकापुर अस्पताल
- डडेलधुरालगायत सबैजसो जिल्ला अस्पताल
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस