राजनीति
स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुन्छ,संविधानमा जे व्यवस्था छ त्यसै अनुसार हुन्छ : प्रवक्ता कार्की
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १३:१५:०० मा प्रकाशित

काठमाडाैं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
मंगलबार समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान अनुसार समयमै निर्वाचन सम्पन्न हुने कुरामा जोड दिएका छन् । ‘स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुन्छ,’ उनले भने, ‘संविधानमा जे व्यवस्था छ । त्यसै अनुसार हुन्छ ।’
संविधानमा कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ । एमाले लगायत दलहरुले पनि वैशाखमै गर्नुपर्ने अडान राखेका छन् । तर सत्ता गठबन्धनका दलहरुले फरकफरक धारणा राख्दैँ अाइरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस