जताततै ‘आले’, आखिर उनी किन छोटो समयमै चर्चित भए ?
- गाउँ सहर डेस्क
- ३ माघ सोमबार, २०७८ | १४:००:०० मा प्रकाशित

काठमाडौँ । अहिले जताततै र जोसुकैको मुखमा आउने शब्द हो वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री — प्रेम आले ।
मन्त्री आले एकीकृत समाजवादी दलको नेता हुन् ।
अघिल्लो मन्त्रीकालमा रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर आलोचित रुपमा चर्चित भएका मन्त्री आले यसपटक रियलमै चर्चित भएका छन् ।
अर्को किस्सा हात्तिमा बसेर सिटि फुकेर गैंडा गणना गर्नपनि मन्त्री उबेला पुगेकै थिए । पशुपतिमा दाहसंस्कारको लागि निःशुल्क दाउराको व्यवस्थपनि उनैले गरेका थिए ।
यस्तै मन्त्री आलेले राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्नेमा पनि उनी चर्चित भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सुरु गरे जुन प्रशंसनियक कार्य रह्यो ।
त्यसपछि त मिडिया र समाज आलेतर्फ नै पिछा गर्न वाध्य बन्यो । अनलाइन, पत्रिका, टिभी, युवटूव आदि सबै उनकै पछि लागिरहे । यसैबीचमा उनको गाडी दुर्घटना पनि भएको थियो । सहानुभूतिक चर्चा त्यसबखत पनि भएकै हो ।
साथै वन मन्त्रालयलाई उत्कृष्ट बनाउने प्रण गरेका थिए जुन पुरा गर्न नपाउँदै उनि बाहिरिए । सोहि बेला एक अर्बको प्रलोभन आएको पनि उनले खुलासा गरेका थिए जुन चर्चित बनेको थियो । विरामीलाई उपचार खर्चको पनि व्यवस्था गरिदिए । जसले पनि चर्चा कमाएको थियो ।
उनी यसरी सकारात्मक चर्चित हुनुमा पछिल्लो नारायणहिटीको क्याफे निर्माण सम्बन्धमा हो । अघिल्लो सरकारले गरेको निर्णय खारेजी गर्दै बतास समूह अन्तर्गतको बीपीएस लिजिङ कम्पनीलाई दिएको ठेक्का रद्ध गरिएको थियो ।
एकपछि अर्का सम्बन्धित संस्कृति र पर्यटनस्थलहरुमा उनले वाहिवाही कमाइरहे । विमानस्थल, पशुपति, आवासगृह आदि उनका पछिल्ला स्थलगत भ्रमणहरु हुन् ।
उनले विभिन्न कार्यक्रमहरुमा नाच्नपनि भ्याए । १४ पिक्स नोथिंग इज इम्पोसिबल डकुमेन्ट्रिको सार्वजनिकीकरण पनि गरे, अनि भइँदैन त चर्चित !
उनका यी गतिविधिहरु मिडियाकर्मी, अधिकारकर्मीहरुले सेयर गरेर बसेका छन् । यदि नराम्रा हुँदाहुन त यसरी गरिँदैनथिए । उनको राम्रामात्र होइन नराम्रापनि गतिविधिमा सबैको नजर परेको छ । र त जताततै उनकै चर्चा छ ।
तर उनलाई आज कोरोना पोजेटिभ भएको खुलेको छ । सकारात्मक काम गर्नेलाई जताबाट पनि सहानुभूतिसहितको स्वास्थ्यलाभका सन्देशहरु आएका छन् । त्योपनि भाइरल नै भएको छ ।
कुरा यत्ति नै हो सकारात्मक काम गर्नेको चौतर्फी चर्चा भएको हो ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस