अर्थतन्त्र
८.५ प्रतिशत ब्याज दरमा एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सोमबारबाट जारी
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | ०९:१०:०० मा प्रकाशित
काठमाडौं । एभरेष्ट बैंकले सोमबारबाट ऋणपत्र जारी गरेको छ । बैंकले २०८६ मा परिपक्व हुने ऋणपत्र जारी गरेको हो ।
बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गरेको हो । ऋणपत्र ६ गतेसम्म खरिद गर्न पाइने छ । त्यो समयभित्र बिक्री नभए १७ गतेसम्म बिक्रीमा राखिने छ ।
बैंकले नयाँ ऋणपत्रमा वार्षिक ब्याज ८.५ प्रतिशत दिने छ । बैंकको यो दोस्रो ऋणपत्र हो । यसअघि २०७९ मा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । २० लाख कित्तामध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस