स्वास्थ्य
काठमाडाैं उपत्यकामा देखियाे काेराेनाकाे सबैभन्दा उच्च जाेखिम, आजै थपिए २६०७ संक्रमित
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १६:३९:०० मा प्रकाशित
काठमाडाैं । दिनहुँ काेराेना संक्रमितकाे संख्या बढ्ने क्रम जारी छ । जसमध्ये पनि काठमाडाैं उपत्यकामा सबैभन्दा बढि संक्रमित थपिइरहेका छन् । जसले गर्दा काठमाडाैं उपत्यका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुर उच्च जाेखिममा परेकाे छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन् ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस