स्वास्थ्य
काठमाडाैं उपत्यकामा देखियाे काेराेनाकाे सबैभन्दा उच्च जाेखिम, आजै थपिए २६०७ संक्रमित
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १६:३९:०० मा प्रकाशित

काठमाडाैं । दिनहुँ काेराेना संक्रमितकाे संख्या बढ्ने क्रम जारी छ । जसमध्ये पनि काठमाडाैं उपत्यकामा सबैभन्दा बढि संक्रमित थपिइरहेका छन् । जसले गर्दा काठमाडाैं उपत्यका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुर उच्च जाेखिममा परेकाे छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस