काभ्रेकाे आठ स्थानीय तहमा काेराेना संक्रमणा फैलियाे
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १६:००:०० मा प्रकाशित

काठमाडाैं । काभ्रेकाे आठ स्थानीय तहमा काेराेना संक्रमणा फैलिएकाे छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको हाे । जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा हाल १३२ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका छन् ।
पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो । बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएकाे छ ।
उक्त जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको जनाइएकाे छ । कूल सङ्क्रमितमध्ये ९७.८३ प्रतिशत अथवा १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस