अर्थतन्त्र

बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमडाैं । बिहीबार सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार पनि सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ ।    

हिजो चाँदीको मूल्य प्रतितोला १२३५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।   

गाउँ सहर संवाददाता