राजनीति
काेभिडका कारण सर्यो एमाले प्रदेश अधिवेशन
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १०:१३:०० मा प्रकाशित

काठमाडौँ । एमालेको प्रदेश अधिवेशन सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन सरेको हाे । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन सरेको जनाइएकाे छ ।
नयाँ कार्य तालिकाअनुसार माघ २८ र २९ गते रोकिएको अधिवेशन बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । १६ जिल्लाको अधिवेशन बाँकी छ ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस