राजनीति
काेभिडका कारण सर्यो एमाले प्रदेश अधिवेशन
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १०:१३:०० मा प्रकाशित
काठमाडौँ । एमालेको प्रदेश अधिवेशन सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन सरेको हाे । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन सरेको जनाइएकाे छ ।
नयाँ कार्य तालिकाअनुसार माघ २८ र २९ गते रोकिएको अधिवेशन बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । १६ जिल्लाको अधिवेशन बाँकी छ ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस