पृथ्वीनाराण शाहको देनकै प्रतिफल नेपाल र नेपाली अस्तित्व : अध्यक्ष लिङदेन
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | ०७:४७:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीनाराण शाहको देनकै प्रतिफल नेपाल र नेपाली अस्तित्वमा रहेको बताएका छन् ।
‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगरेका भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’ राप्रपा अध्यक्ष लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भने ।
सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक सामुन्ने उभिएर लिङदेनले भने, ‘पृथ्वीनाराण शाह थिए र त नेपाल छ, हामी नेपाली छौं ।’
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को बर्ष राष्ट्रिय दिवसका रुपमा मनाउन आन्दोलनको रुपमा अघि बढ्ने लिङदेनको भनाइ थियो ।
उनले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने धारणा पनि राखे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस