ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएपछि आजदेखि लकडाउन
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १३:४५:०० मा प्रकाशित

एजेन्सी । काेराेनाकाे नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएपछि चीनको मध्यसहर आन्याङमा आजदेखि लकडाउन लागू भएको छ । अलजजिराका अनुसार उक्त सहरका ५ लाखभन्दा बढी बासिन्दालाई घरमै बस्न सरकारले निर्देशन दिएको छ ।
डिसेम्बरको अन्त्यमा १३ मिलियन जनसंख्या भएको जिआन सहर पनि लकडाउनमा प्रवेश गरेको थियो । बेलायतमा समेत ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री बोरिस जोन्सन लकडाउनजस्ता कडा प्रतिबन्धहरु लगाउनुपर्ने दबाबमा छन् ।
ओमिक्रोन भेरिएन्टका बिरामी बढेपछि अष्ट्रेलियाली अस्पतालहरु पनि दबाबमा छन् । मंगलबार अष्ट्रेलियामा ८६ हजार कोरोना संक्रमित थपिएका छन् ।
हङकङले जनवरी १४ देखि फेब्रुअरीसम्म १५ सम्म कोरोना संक्रमित तीव्ररुपमा फैलिएका देशहरुबाट हुने ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा गरेको छ ।
अमेरिकाले ओमिक्रोनविरुद्ध एन९५ र केएन९५ मास्कको प्रयोगमा जोड दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस