ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएपछि आजदेखि लकडाउन
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १३:४५:०० मा प्रकाशित
एजेन्सी । काेराेनाकाे नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएपछि चीनको मध्यसहर आन्याङमा आजदेखि लकडाउन लागू भएको छ । अलजजिराका अनुसार उक्त सहरका ५ लाखभन्दा बढी बासिन्दालाई घरमै बस्न सरकारले निर्देशन दिएको छ ।
डिसेम्बरको अन्त्यमा १३ मिलियन जनसंख्या भएको जिआन सहर पनि लकडाउनमा प्रवेश गरेको थियो । बेलायतमा समेत ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री बोरिस जोन्सन लकडाउनजस्ता कडा प्रतिबन्धहरु लगाउनुपर्ने दबाबमा छन् ।
ओमिक्रोन भेरिएन्टका बिरामी बढेपछि अष्ट्रेलियाली अस्पतालहरु पनि दबाबमा छन् । मंगलबार अष्ट्रेलियामा ८६ हजार कोरोना संक्रमित थपिएका छन् ।
हङकङले जनवरी १४ देखि फेब्रुअरीसम्म १५ सम्म कोरोना संक्रमित तीव्ररुपमा फैलिएका देशहरुबाट हुने ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा गरेको छ ।
अमेरिकाले ओमिक्रोनविरुद्ध एन९५ र केएन९५ मास्कको प्रयोगमा जोड दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस