गाउँ सहर

टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडाैं । टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हाे । मृत्यु हुनेमा भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिक रहेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार राति बिपिनलाई ठक्कर दिई फरार रहेका बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत