गाउँ सहर

गोली लागेर एक युवकको मृत्यु

स्याङ्जा ।  गोली लागेर एक युवकको मृत्यु भएको छ । स्याङ्जाकाे कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।

आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताएका छन् ।

उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत