यी हुन् मूल्य अभिवृद्धि कर नतिर्ने दर्जन माथि कम्पनीहरू (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १०:३३:०० मा प्रकाशित
काठमाडाैं । मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई मूल्य अभिवृद्धि कर दाखिला गर्न आह्वान गरिएकाे छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकले मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई मूल्य अभिवृद्धि कर दाखिला गर्न आह्वान गरेको हाे । कार्यालयले मूल्य अभिवृद्धि कर बक्यौता दाखिला गर्ने सम्बन्धी आइतबार एक सूचना जारी गर्दै पाँच लाख भन्दा बढी बक्यौदा रहेका करदाताहरुलाई १५ दिनभित्र मूल्य अभिवृद्धि कर दाखिला गर्न सूचना प्रकाशन गरेकाे छ ।
सूचनामा भनिएको छ– यस कार्यालय अन्तर्गत दर्ता रहेका पाँच लाख भन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई विभिन्न मितीमा कार्यालयबाट पत्रचार, टेलिफोन, संकलन भ्रमण समेतबाट बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न जानककारी गराईएकोमा हालसम्म पनि दाखिला गरेको वा गर्न नपर्ने प्रमाण पेश नगरेकोले बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गरिसकेको वा गर्न नपर्ने प्रमाण भए पेश गर्न जानकारी गराईन्छ ।
मूल्य अभिवृद्धि कर नतिर्नेमा टेलिभिजनदेखि सुगर मिल्ससम्म रहेका छन् । एभेन्युज टेलिभिजनले पाँच करोड ३५ लाख १० हजार रुपैयाँ मूल्य अभिवृद्धि कर वापतको बक्यौता तिर्न बाँकी रहेको छ । त्यस्तै, अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रालीले ८ करोड ६२ लाख ९१ हजार ५१७ रुपैयाँ तिर्न बाँकी रहेको सूचनामा उल्लेख गरिएकाे छ ।
त्यसैगरी मूल्य अभिवृद्धि कर वापतको बक्यौता रकम तिर्न बाँकी रहेकाहरुमा बैदेही ईक्यूपमेन्ट एण्ड कन्ट्रक्सन प्रालीको ८ करोड ३४ लाख २९ हजार ८४१ रुपैयाँ, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको २ करोड ४८ लाख ११ हजार ४८५ रुपैयाँ, एभरेष्ट डिष्ट्रिव्यूसन प्रालीको एक करोड ९५ लाख २१ हजार ६१० रुपैयाँ र शंकर माली निर्माण सेवाको एक करोड ३७ लाख ८९ हजार रहेको जनाइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस