कुशे औँसीमा गोकर्णेश्वरमा क्रियटिभ सरसफाइको विशेष अभियान
- गाउँ सहर संवाददाता
- २७ भदौ शनिबार, २०८३ | १३:१०:०० मा प्रकाशित
काठमाडौं । कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसर तथा आसपासका क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोकर्णेश्वर क्षेत्रमा श्रद्धालुको बढ्दो चापलाई मध्यनजर गर्दै क्रियटिभ सरसफाइ प्रालिले फोहोर व्यवस्थापन तथा सरसफाइमा विशेष सक्रियता देखाएको हो।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको समन्वय तथा सहजीकरणमा क्रियटिभ सरसफाइ प्रालिको सम्पूर्ण टोली र गोकर्णेश्वर नगर प्रहरीको संयुक्त सहभागितामा गोकर्णेश्वर महादेव मन्दिर परिसर, गोकर्ण भगवतीथान चोक तथा आसपासका सडक क्षेत्रमा सरसफाइ गरिएको हो।
क्रियटिभ सरसफाइ प्रालिका अध्यक्ष बबरमान तामाङका अनुसार टोलीले पर्वका अवसरमा मन्दिर क्षेत्रमा जम्मा भएको फोहोर संकलन तथा व्यवस्थापन गर्दै धार्मिक स्थलको स्वच्छता कायम गर्न योगदान सहयाेग पुर्याएको उल्लेख गरे ।
कुशे औँसीका अवसरमा गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्न ठूलो संख्यामा पितृभक्तहरू आउने गर्छन्।
भक्तजनको बाक्लो उपस्थितिका कारण मन्दिर परिसर तथा आसपासका क्षेत्रमा फोहोर बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि क्रियटिभ सरसफाइ प्रालिले विशेष सरसफाइ अभियान सञ्चालन गरेको हो।
क्रियटिभ सरसफाइ प्रालिका अध्यक्ष तामाङले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोकर्णेश्वर क्षेत्रलाई स्वच्छ राख्नु सबैको साझा जिम्मेवारी भएको बताए। धार्मिक स्थलमा आउने श्रद्धालुले पनि फोहोर जथाभावी नफाली तोकिएको स्थानमा व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ।
फोहोर व्यवस्थापन तथा सरसफाइलाई नियमित कामका रूपमा अघि बढाउँदै आएको क्रियटिभ सरसफाइ प्रालिले विभिन्न अवसरमा सार्वजनिक तथा धार्मिक स्थलको सरसफाइमा सक्रियता देखाउँदै आएको छ। पर्वका समयमा बढ्ने फोहोरलाई समयमै व्यवस्थापन गरी श्रद्धालु तथा स्थानीयका लागि स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको तामाङले बताए।
भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीलाई सनातन हिन्दू परम्परामा ‘बुबाको मुख हेर्ने दिन’ तथा पितृ औँसीका रूपमा श्रद्धा र आदरपूर्वक मनाइन्छ। यस दिन गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्ने भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ।
यस्तो महत्वपूर्ण धार्मिक अवसरमा गोकर्णेश्वर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनमा क्रियटिभ सरसफाइ प्रालिको सक्रियताले धार्मिक क्षेत्रको स्वच्छता कायम राख्न सहयोग पुगेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विश्वकर्मा पूजा मनाइँदै
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
- हरितालिका तीज सुरु, आज दर खाइँदै
- रामेछाप कांग्रेसमा नेतृत्वको दौड, दुई पक्षबीच तानातान
- नेपाल एसीसी प्रिमियर कप च्याम्पियन हुँदै एसिया कपमा छनोट
- बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति
- आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
- भोटेकोशी बाढी प्रभावितका लागि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर
- आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस