नेप्सेको सीईओका लागि छानिए ५ जना, कसले मार्ला बाजी ? (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | १२:४२:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन्।
परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए।
छनोट भएका उम्मेदवारहरूमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन्। छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको छ ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् । ५ जनामध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ बनाउने छ ।
श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस