आजकाे माैसम : वर्षा र हिमपातको सम्भावना
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | ०६:५६:०० मा प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपात भएको छ ।
शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस