गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १३:०८:०० मा प्रकाशित
काठमाडौं । गठबन्धनमा आवद्ध दलहरूकाबीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको छ ।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्री कार्कीले भने,- ‘राष्ट्रिय सभाको निर्वाचन छ, त्यसमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन बैठकले अपिल गरेको छ, साथै ती उम्मेदवारलाई विजयी गराउनका लागि सातवटै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको छ’ ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदैछन् ।
गठबन्धनभित्रै विवादका बीच गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजकमा हाल कांग्रेस नेता रामचन्द्र पौडेल छन् । पौडेलले बुधबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेका थिए ।
बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस