वातावरण

बिहीबार देशभर आंशिक देखि सामान्य बदली, तराईका धेरै भूभागमा हुस्सु/कुहिरो

काठमाडाैँ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज २०७८ पौष २२ गते (बिहीबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदल रहने छ । देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी तथा तराइका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा  हल्का वर्षाको सम्भावना रहेकाे छ ।

विभाग भन्छ- बिहानको समयमा देशका तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । चिसो बढ्ने क्रम रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत