पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुईजना पक्राउ
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १६:४२:०० मा प्रकाशित

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुईजनालाई महानगरीय प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बागलुङ गल्कोट-६ का २८ वर्षीय सोती मगर र सर्लाही बागमती-१ का समीर कार्की रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
मगर र कार्कीले कोटेश्वरमा युनिवर्ल्ड इन्टरनेसनल टुर्स एण्ड ट्राभल्स प्रालि सञ्चालन गरी वर्किङ भिसामा पोर्चुगल जान प्रतिव्यक्ति रु. १४ लाख लाग्छ भनी उता पुगेपछि राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु मासिक एक भन्दा बढी कमाइ हुन्छ भनेर झुक्याइ ठगी गरेका हुन् ।
उनीहरूले बुटवलका १९ बस्ने २६ वर्षीय लक्ष्मण थापासमेत ४ जना बाट प्रतिव्यक्ति दश लाखका दरले चालिस लाख रुपैयाँ रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई मंगलबार पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस