ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १६:३६:०० मा प्रकाशित
काठमाडाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाईटको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गरे ।
ट्राफिक लाईट जडान तथा संचालन भए संगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस