माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध, नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए सपथ
- गाउँ सहर संवाददाता
- १९ पौष सोमबार, २०७८ | १७:१२:०० मा प्रकाशित

काठमाडाैं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
त्यसैगरि आठौं महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् । उनीहरूले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् ।
सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।
निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।
काँधमा निकै ठूलो भारी आएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।
उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस