राप्रपाद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाउन माग
- गाउँ सहर संवाददाता
- १९ पौष सोमबार, २०७८ | ०७:४१:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध सुरु गर्ने बताएका छन् ।
‘पुष २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोही अनुरुप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं । सरकारले त्यसो गरेन भने त्यही दिनदेखि सरकारको विरुद्धमा हाम्रो कार्यक्रम सुरु गर्छौं,’ राप्रपा अध्यक्ष लिङदेनले आइतबार भने ।
लिङदेनले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाका लागि निर्वाचन र सडकको दुवै विकल्प एकसाथ संचालन गर्ने बताए । ‘जुन बाटोबाट हाम्रो मान्यता चाँडो स्थापित हुन्छ सोही विकल्प हामी अघि सार्छौं,’ उनले भने ।
‘यस सन्दर्भमा समान विचारधारा भएका हामीहरु एक ठाउँ उभिन जरुरी भएको छ, राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने । ‘पर्ख र हेरौं भन्ने हामीसँग समय छैन, हामीलाई त्यो छुट छैन ।’
लिङदेनले भने, ‘हामीले उठाइराखेको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा कसै व्यक्तिलाई मन्त्री, प्रधानमन्त्री बनाउने नभएर देशको स्थायित्वको लागि हो । हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही पनि छैन ।’
सो अवसरमा शाही शक्ति नेपालका अध्यक्ष मुनिन्द्र राजभण्डारीले भने, ‘राजसंस्था र हिन्दुराष्ट्रको अभियान रानो बिनाको मौरी जस्तै थियो । तर, राप्रपाको महाधिवेशनपछि हामीले स्पष्ट नेतृत्व पाएका छौं । राप्रपाप्रति शाही शक्ति नेपालको पूर्ण साथ, सहयोग र समर्थन रहने छ ।’
राप्रपाका नेता सगुन सुन्दर लावतीका अनुसार, समान विचारधारा भएका समूह र शक्तिहरु एकजुट हुनुपर्छ भन्ने लक्ष्य छ । यसै मान्यता अनुरुप, पृथ्वी जयन्तीका दिन पार्टीले समान विचारधारा भएका समूह र शक्तिहरुसँग सहकार्य गर्नेछ, लावतीले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस