सभापति देउवाले गरे १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत, काे काे परे ? (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- १७ पौष शनिबार, २०७८ | १६:३६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए ।
गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् भने महत महामन्त्रीमा पराजित भएका थिए ।
कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वत: केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्राप्त प्रतिक्रिया
निर्वाचन बाट पराजित लाई मनोनित गर्नु जनमतको अपमान हो
अाखिर पाटि गुन्डागर्दी काे हात भएको हाेत
राम्रो मानछे शेखर खाेइ त ?
Xoro lai ni banauna paro
देउवाले गरेको काम 2046 साल देखि यता राम्रो काम के गरेका छन र आश गर्नु उनले मनोनीत गरेका अनुहार हेर्नुहोस त को छ नयाँ सबै पार्टीको नाममा चुस्ने उडुस हरु मात्र मनोनीत गरेका छन कोही शेखर कोइराला हराउन षड्यन्त्र गर्ने मान्छे नियुक्ति गरेका छन यस्ता डस्ने उडुसबाट देश पार्टी जनताले के आश गर्ने?
देउवाको ब्यक्तिगत बिधान लागू भयछ।
हैट म पनि परेके हेरम्त साथी हो निगाह त हो
बिजय गच्छदार ,सुजाता कोइराला मनोनित हुदा चन्द्र भण्डारी खोइ?प्रकाशशरण महत मनोनीत हुदा मिनेन्द्र रिजाल खोइ? छिटै हामी ३चरणको चुनाबमा जाँदै छौ,हैन?
मनोनित गर्नु पर्ने गरिएको छैन नगर्नु पर्नेलाई गरिएको छ।
Manonit Garnay bhayapachi kina Chunav ladnu ani harnu tatikay Mala lagidinune
बेईमान देउवा सब हरूवा,नैतिकता बेचुवा हरुलाई नै मनोनीत गरेछन चन्द्र भण्डारी मिनेन्द्र रिजाल खोइ??
बधाई सबै मनोनीत केन्द्रिय सदस्य ज्यु लाई जय नेपाल !!!
औकात नै सदस्य हुने हो त्यो हरूवाहरुको सबैलाई केन्द्रिय सदस्य बना अब जो इमान इज्यत र पार्टिको लागि भनेर बस्यो खै तिनिहरु देउवा तिमी पनि प्रधानमन्त्री भएर मात्रै हो सभापती जितेको नत्र तिम्रो पनि हैसियत देख्थ्यो सबैले हाम्रोलाई होईन राम्रोलाई साथ दिम
हरूवा हरू ले माला लगायछन । सबै लाई बधाई तथा शुभकामना।।
निर्वाचन हारेका र बहिस्कार गरेकालाई मनाेनित गरेर देउवाले पाटिमा गुटकाे शुरुवात गरे साथै यि मनाेनितलाई दाेस्राे बरियाता क्रममा राख्दा अझ सहज र सरल हाेला डा शेखरले पाएकाे मतलाई कुल्चन ।
मिनेन्द् रिजाल जस्ताे बिद्वान लाइ पनि त गर्नु पर्याे नि ।
प्रतिकृया दिनुहोस