वातावरण

देशभरको मौसम क्रमिक रुपमा सुधार हुँदै

काठमाडौँ। देशभरको मौसम क्रमिक रुपमा सुधार हुँदै जाने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर नै बदली तथा वर्षा र माथिल्लो पहाडी क्षेत्रमा हिमपात भएको थियो। तर अहिले मौसम सुधार हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

हालको मौसमी प्रणाली सुधार हुने क्रममा रहे पनि केही स्थानमा भने बदली तथा वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।

गाउँ सहर संवाददाता