स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा १२३ जना

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० पुगेको छ ।

बुधबार २५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ६ हजार ४३३ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९२, ललितपुरमा १८ र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत