उडिरहेकाे विमानसँग बरफको टुक्रा ठाेकिएपछि...
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १३:३२:०० मा प्रकाशित

एजेन्सी । उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको हाे । ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो । घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको एजेन्सीले जनाएकाे छ ।
बोइङ–७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्राका बेला यो दुर्घटना भएको हो । बरफको टुक्राले दुई इन्च मोटो विन्डस्क्रिनलाई पूर्ण रुपमा तोडेको छ । यो विन्डस्क्रीन अत्यधिक शक्तिको सामना गर्नका लागि बनाइएको हुन्छ । यो बुलेटप्रूफ सीसा जस्तै हुन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस