उडिरहेकाे विमानसँग बरफको टुक्रा ठाेकिएपछि...
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १३:३२:०० मा प्रकाशित
एजेन्सी । उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको हाे । ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो । घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको एजेन्सीले जनाएकाे छ ।
बोइङ–७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्राका बेला यो दुर्घटना भएको हो । बरफको टुक्राले दुई इन्च मोटो विन्डस्क्रिनलाई पूर्ण रुपमा तोडेको छ । यो विन्डस्क्रीन अत्यधिक शक्तिको सामना गर्नका लागि बनाइएको हुन्छ । यो बुलेटप्रूफ सीसा जस्तै हुन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस