माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १३:१०:०० मा प्रकाशित

काठमाडाैं । माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बुधबार दिउँसो १ बजे समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुन लागेकाे प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकाेटा 'जुगल'ले जानकारी दिएका छन् ।
प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको उनले बताए । आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।
साथै, स्थायी समिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । यसका लागि मंगलबार समूहगत छलफलका लागि समय छुट्याइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस