फेरी स्मार्ट लाइसेन्स छाप्न सुरू
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १२:२१:०० मा प्रकाशित
काठमाडाैं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मङ्गलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ ।
झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । विभागले तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ । एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ । विभागले नयाँ आवेदन खुला गरिरहेको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले भने, “बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ हुनेछ । आवेदन दिएकामध्ये २५/३० प्रतिशतले ट्रायल पास गर्छन् । अब थप सात लाख प्रति लाइसेन्स आए पनि सेवा दिन सकिन्छ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस